लिलाधर कोईराला
गोरखा, १५ , साबजनिक मुद्धा खेपिरहेका हंसपुर गाबिस ३ का दुर्गा धिताललाई बयान लिइरहेको अवस्थामा ताप्ले गाबिस स्थायी घर भएका राजु रोका र मुच्चोक गाबिस घर भएक धनबहादुर भुजेल गोरखा जिल्ला प्रशासनको मुद्धा फँटको कार्यकमै कुटपिट गरेका छन् ।२०७० वैशाख १२ गते खरिबोटमा भएको घटनाका प्रतिबादीमध्ये एक स्वइच्छुक बयान दिन सोमबार जिल्ला प्रशासन कार्यालय आएको मौका छोपेर रोका र भुजेलले धिताललाई कुटेका हुन् । ‘मैले राजु रोका भन्नेलाई यसअघि देखेको थिइन,’ बयान दिन आएका खरिबोट घटनाका प्रतिबादी धितालले भने, ‘त्यो मुच्चोकको गोरेलाई भने चिनेको थिए“ । त्यसैले अरु केटाहरु बोलाएर मलाई कुट्न बयान भैरहेको शाखासम्म आएछ ।’ हातपात गरेपछि उनीहरु भागेको उनले बताए । जिल्ला प्रशासन कार्यालय बाहिर सशस्त्र प्रहरी र नेपाल प्रहरी भएपनि त्याहा १ घण्टा सि.डि.यो कार्यलयमा काम ढप्प भएको थियो ।
जिल्ला प्रशासन कार्यालय गोरखाका शाखा अधिकृत देवराज अधिकारी एक घटनाको प्रतिबादीस“ग बयान लिइरहेको अवस्थामा कुटिएका छन् । केही समयअघि गोरखाको खरिबोटमा भएको झगडाका प्रतिबादी हंसपुर गाबिस ३ का दुर्गा धितालस“ग बयान लिइरहेको अधिकारी माथि पनि हात पाल गरेको शादा अधिकृतले बतौका छन् ।
शाखा अधिकृत अधिकारीले रोका र गोरे बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा सोमबार किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । ‘जिल्ला प्रशासन कार्यालय र पीडित अधिकारीले किटानी जाहेरी दिएका छन्’ जिप्रका गोरखाका प्रहरी निरीÔक रामचन्द्र पौडेलले भने, ‘फरार भएका रोका र गोरेलाई खोज्दै छौ । पक्राउपछि सार्वजनिक अपराध ऐन बमोजिम कारबाही हुन्छ ।’